बैतडीमा सर्पको टोकाईबाट एक बालकको मृत्यु

बैतडी –बैतडीमा सर्पको टोकाईबाट एक बालकको ज्यान गएको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिका वडा नं ४ चौडलीका १२ बर्षीय सुरजराम सार्कीको सर्पको टोकाईबाट ज्यान गएको स्थानीय नारायणराम सार्कीले बताए ।

घरभित्र सुतीरहेका बेला सुरजलाई मंगलबार राती साढे ११ बजे सर्पले टोकेको र त्यतिबेला नै सुरजको मृत्यु भएको उनले बताए । सुरज कैलपाल आधारभूत विद्यालयमा कक्षा ३ मा अध्ययनरत थिए ।

याे पनि हेर्नुस्
Loading...