याक एण्ड यति होटलमा कतारी नागरिक मृत फेला

काठमाडौंको दरबारमार्गस्थित होटल याक एण्ड यतिमा एक जना विदेशी नागरिक मृत फेला परेका छन्।

होटलको १४२ कोठा नम्बरमा ४३ वर्षीय कतारी नागरिक अब्दुल नासिरको शव फेला परेको महानगरीय प्रहरी कार्यालय काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले सेतोपाटीलाई जानकारी दिए।

‘हामीलाई एक घण्टाअघि खबर भएको थियो। बन्द कोठा भित्र उनी मृत फेला परेका हुन्,’ उनले भने।

एसएसपी सिंहका अनुसार घटना शंकास्पद छैन। सेप्टेम्बर २६ मा नेपाल आएका उनी त्यस बेलादेखि नेपालमै थिए।

घटनाबारे कतारको काठमाडौंस्थित दूतावासलाई पनि जानकारी गराइसकेको एसएसपी सिंहले बताए।

यस सम्बन्धमा थप अनुसन्धानको लागि प्रहरीको टोली घटनास्थल पुगेको छ।

याे पनि हेर्नुस्
Loading...