जेलमा भएको ‘ग्याङ फाइट’मा सयजनाको मृत्यु

काठमाडौं । इक्वेडरको एउटा जेलमा भएको झडपमा एक सय जना भन्दा बढीको मृत्यु भएको छ ।

जेलमा रहेका विभिन्न समूहहरूबीच गोली र बम हानाहान भएको अधिकारीहरुले बताएका छन् । जेलभित्र कसको हैकम चलाउने भन्ने विवादका कारण झडप भएको हो । घटनामा ५० बढी कैदीहरु घाइते भएको जनाइएको छ ।

गुवायान्छिल जेलमा परस्पर विरोधी समूहबीच भएको झडपमा उक्त घटना भएको बताइएको छ ।

कैदीहरुबीच जेलभित्रै ग्रिनेड हानाहान समेत भएको त्यहाँका अधिकारीहरुले जनाएका छन् । लागुपदार्थ तस्करहरुलाई राखिएको उक्त जेललाई नियन्त्रणमा लिन ४ सय बढी सुरक्षाकर्मी खटाउनुपरेको छ ।

इक्वेडरमा लागुपदार्थ नेटवर्क चलाउने मेक्सिकन समूहको आदेशमा उक्त झडप भएको बताइएको छ । घटनास्थल नियन्त्रणमा लिन गएका सुरक्षाकर्मीहरुले घटनालाई भयंकर त्रासदीपूर्ण भनेका छन् ।
-विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा

याे पनि हेर्नुस्
Loading...