कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना गम्भीर घाइते

धनगढी – कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना गम्भीर घाइते भएका छन्।

जिल्लाको लम्कीचुहा नगरपालिका -३ गोरुङ्गेमा लम्कीबाट चिसापानीतर्फ आउँदै गरेको लु ६८ प ४६६ नम्बरको मोटरसाइकल दुर्घटना भएको छ। घाइते हुनेमा सोही नगरपालिकाको वडा नम्बर १ का २८ वर्षीय एधेल न्यौपाने र ३२ वर्षीय लक्ष्मण तिमल्सेना रहेका प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरीयाले बताएको छ।

घाइते दुबैलाई उपचारका लागि लालरत्न अस्पताल लगिएकोमा त्यहाँबाट थप उपचारका लागि कोहलपुर पठाइएको प्रहरीले जनाएको छ। मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको प्रहरी बताएको छ।

याे पनि हेर्नुस्
Loading...