१४९४ केजी विष्फोटक पदार्थ सहित जैसवाल पक्राउ

काठमाडौं – प्रहरीले १४९४ केजी विष्फोटक पदार्थ सहित प्रहरीले आइतबार एक युवालाई पक्राउ गरेको छ । बारा गढिमाई नगरपालिका ३, गञ्जभवानीपुर घर भई हाल ललितपुर महानगरपालिका १, कुपण्डोल गुसिंगल बस्ने ३० वर्षीय उमेश कुमार जैसवाललाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

ad

विभिन्न मितिमा उपत्यका बाहिरबाट गैह्रकानूनी रुपमा लुकाई छिपाई ल्याएको पटका, भुईचम्पा लगायतका आतिसबाजी जन्य विष्फोटक पदार्थहरु बिक्री बितरण गर्न भण्डारण भईरहेको उजुरी पछि प्रहरीले जैसवाललाई २० लाख मुल्य वरावरको सामाग्री सहित पक्राउ गरेको जनाएको छ । उनलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ७ को विष्फोटक पदार्थ सम्बन्धी कसुर अन्तर्गतको मुद्दामा आवश्यक कारवाही शुरु गरेको जनाएको छ ।

याे पनि हेर्नुस्
Loading...