दुई छोराको हत्या गरी आत्महत्या !

जनकपुरधाम – धनुषाको नगराइन नगरपालिका– ४ फलगामा टोलकी एक महिला आफ्नै घरमा दुई अबोध छोरासँगै मृत फेला परेकी छन् ।

अन्दाजी २४ वर्षीया गुडिया साह, उनका ५ वर्षीय छोरा अभिषेक र ३ वर्षीय छोरा आदित्य मृत फेला परेका हुन् । प्रहरीका अनुसार शुक्रबार साँझ गुडिया डोरीको पासो बनाएर घरको पंखामा झुण्डिएको अवस्थामा फेला परेकी छन् । उनका दुई छोराको भने घाँटी थिचेर मारिएको अवस्थामा शव फेला परेको प्रहरीले बताएको छ ।

श्रीमान गुरुदेव साह जनकपुरमा रहेका बेला गुडिया घरमा झुण्डिएको र उनका दुई छोरालाई मारिएको अवस्थामा शव फेला परेपछि घटना रहस्यमय बनेको छ । घर भित्रबाट लक थियो । जसका कारण गुडियाले नै दुवै छोरालाई मारेर आफू आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

news center of article

धनुषाका एसपी प्रकाश रानाभाटले घटनाका विषयमा अनुसन्धान भइरहेको बताए । उनले भने, ‘साँझ करिब ६ बजे घटना भएको हो । त्यतिबेला गुडीयाका श्रीमान जनकपुरबाट घर फर्किदँै थिए । उनलाई निगरानीमा राखेर अनुसन्धान गरिरहेका छौं ।’

स्थानीयका अनुसार ८ वर्ष अगाडि गुडियाले गुरुदेवसँग प्रेम विवाह गरेकी थिइन् । गुडिया तेली साह रहेकी छन् भने गुरुदेव सुडी साह छन् । अन्तरजातिय प्रेम विवाह गरेका कारण सासु–ससुरा असन्तुष्ट थिए ।

शुक्रबार मजदुरी गर्न जनकपुर आएका श्रीमान् गुरुदेवलाई दिउँसो करिब ३ बजे गुडियाले फोन गरेकी थिइन् । प्रहरीका अनुसार फोनमा श्रीमतीसँग विवाद नभएको गुरुदेवले बयान दिएका छन् ।

याे पनि हेर्नुस्
Loading...