स्याङ्जामा जिप सडकबाट ५० मिटर तल खस्दा दुई जनाको मृत्यु, १५ घाइते

स्याङ्जामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। वालिङ नगरपालिका-१० मोदीखोलाको भित्री सडक खण्डमा ग१ज ४९१८ नम्बरको जिप आइतबार साँझ दुर्घटना भएको हो।

जिप सडकबाट करिब ५० मिटर तल खस्दा गल्याङ नगरपालिका-१० का ७७ वर्षीय दलबहादुर पल्ली र ३२ वर्षीया गंगा पल्लीको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुबैको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचारको क्रममा मृत्यु भएको स्याङ्जा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले बताए।

ad

दुर्घटनामा दुई जना गम्भीर घाइते छन् भने अन्य १५ जना घाइते छन्। गम्भीर घाइते हुनेमा गल्याङ नगरपालिका-१० की चार वर्षीया करिश्मा थापा र दुई वर्षीय अर्चल विक छन्।

दुबैको मणिपाल अस्पताल पोखरामा उपचार भइरहेको अधिकारीले बताए।

याे पनि हेर्नुस्
Loading...