ब्रेक फेलका कारण बाजुरा जाँदै गरेको बस डडेल्धुरामा दुर्घटना (फोटो फिचर)

डडेल्धुरा – धनगढीबाट बाजुराका लागि छुटेको बस डडेल्धुरामा दुर्घटना भएको छ।

जिल्लाको अमरगढी नगपालिका -११ स्थित राइमा जयमालिका यातायातको ना ७ ख १७४ नम्बरको बस ब्रेकफेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा ४ जना घाइते भएका छन्।

news center of article

घाइतेको डडेलधुरा उप क्षेत्रीय अस्पतालमा उपचार हुँदै गरेको ट्राफिक प्रहरी बिकास बहादुर चन्दले जानकारी दिएका छन् । घाइतेहरू खतरा मुक्त रहेको जनाइएको छ।  थप विवरण आउन भने बाँकी रहेको छ।

याे पनि हेर्नुस्
Loading...