बैतडीमा भिरबाट लडेर पुरुषको मृत्यु

बैतडी – बैतडीमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ। जिल्लाको सिगास गाउँपालिका -२ का ४५ वर्षिय नरबिर धामीको लडेर मृत्यु भएको हो।

सोमवार दाउरा ल्याउन वनमा गएका धामीको लडेर मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ। मृतक धामी भिरबाट करिब ४०० मिटर तल खसेका थिए।

news center of article

धामीको बिबाह पश्चात् श्रीमतीको पनि भिर बाटै लडेर मृत्यु भएको हो भने अहिले दोस्रो बिबाह पश्चात् अपांग श्रीमती र दुईवटा साना बालबच्चा रहेका छन्।

 

याे पनि हेर्नुस्
Loading...