श्रीमानद्वारा श्रीमतीको हत्या

अर्घाखाँची । अर्घाखाँचीमा श्रीमानले श्रीमतीको हत्या गरेका छन्। ४३ वर्षीय लालबहादुर कुमालले आफ्नी श्रीमती ३० वर्षीया सीता कुमाललाई कुटपिट गरी हत्या गरेका हुन्।

गुल्मीको ईस्मा गाउँपालिका– २ हल्दीटारा घर भई हाल अर्घाखाँचीको छत्रदेव गाउँपालिका– ८ बस्ने कुमालले आफ्नी श्रीमती कुमाललाई कुटपिट गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।

ad

गएराती श्रीमान र श्रीमतीबीच घरायसी विवाद हुँदा लालबहादुरले कुटपिट गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायव उपरीक्षक अमर थापाले जानकारी दिए। कुमाललाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

याे पनि हेर्नुस्
Loading...