बैतडीमा जीप र मोटरसाईकल आपसमा ठोक्किदा एक जना घाइते

बैतडी- बैतडीको हिरापुरमा जीप र मोटरसाईकल एक आपसमा ठोक्किदा एकजना घाइते भएका छन् । घाइते हुनेमा पाटन ६ हिरापुर बस्ने २७ बर्षिय योगेश कठायत रहेका छन् ।

उनलाई उपचारका लागी डडेल्धुरा अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

news center of article

खोड्पेबाट पाटन जादै गरेको से ५ प ८२५३ नं को मोटरसाईकल र से १ज २१२ नम्बरको जीप पाटन नगरपालिका ६ हिरापूरमा आपसमा ठोकिएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरिक्षक राजेश शाहीले बताए ।
अहिले दुवै सवारी साधन र जीप चालक लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घटनाका बिषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

याे पनि हेर्नुस्
Loading...