कैलालीमा विहेभोजमा झडप: चार जना घाइते

धनगढी,३० असोज । कैलालीको चुरे गाउपालिका वडा न ४ बालुवागडाका चार जना युवामाथि शुक्रबार आक्रमण गरिएको छ ।

सोही ठाउँमा विहेमा सहभागि भएका ती युवामाथि अज्ञात समुहबाट आक्रमण भएको थियो ।
‘हामी विहेमा रमाइरहेका थियौं । अचानक हामीमाथि आक्रमण गरियो’ आक्रमणका कारण घाइते भएका युवा कृष्ण विकले भने –‘ती मानिसलाई हामीले चिनेका छैनौं ।’

अहिले घाइते कृष्णसंगै उनका साथीहरुधनगढीको निसर्ग अस्पतालमा उपचाररत छन । आक्रमणमा परि घाइते हुनेमा चक्र खत्री, महेन्द्र गुरुङ र खगेन्द्र खत्तेडी पनि रहेका छन ।

घाइते चक्रले भने –‘१२ जनासहितका युवाहरु पा“च वटा मोटरसाईकलमा आए । हामीमाथि आक्रमण गरे र भागे ।’

अहिले घाइते युवाहरुले प्रहरीमा उजुरी दिने तयारी गरेको सुदूरपत्रसंगको कुराकानीमा बताए

याे पनि हेर्नुस्
Loading...