कञ्चनपुरमा मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु

१६ पुष, कञ्चनपुर । कञ्चनपुरमा मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।

बिहीबार बेलौरी नगरपालिका-५ रामनगरमा कलुवापुरबाट बेलौरी आउँदै गरेको सुपप्र ०१००९ प ३७२६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको से३प २४ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएको प्रहरीले बताएको छ।

news center of article

दुर्घटनामा गम्भीर घाइते भएका बेलौरी आउँदै गरेको मोटरसाइकलका चालक कृष्णपुर नगरपालिका-५ गुलरियाका १८ वर्षीय विमल रानाको बेलौरीस्थित इशान मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

 

याे पनि हेर्नुस्
Loading...