कैलालीमा स्कारपियो दुर्घटना; ६ जना घाइते

१८ पुष, कैलाली । कैलालीको गोदावरी नगरपालिका ३ चौकिडाँडामा स्कारपियो दुर्घटना भएको छ। गोदावरी नगरपालिका ३ चौकिडाँडा मालिकाटोल नजिकै भारतिय नम्बर प्लेटको स्कारपियोले अटोरिक्सालाई ठक्कर दिदा ६ जना घाईते भएका छन् ।

प्रहरीका अनुसार महेन्द्रनगरबाट पुर्वतिर गईरहेको भारतिय युके ०४AG९५७८ नम्बर प्लेटको स्कारपियोले चौकिडाँडाबाट अत्तरिया तर्फ आईरहेको से १ ह १९ ७० नम्बरको अटोलाइ ठक्कर दिएको हो । ठक्कर दिदा स्कारपियोमा सवार ३ जना र अटोमा सवार ३ जना गरी ६ जना घाईते भएको ईलाका प्रहरी कार्यालय मालाखेती अत्तरियाका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) नवराज पोखरेलले जानकारी दिए।

news center of article

दुर्घटनामा घाईते हुनेमा अटो चालक ३३ बर्षिय भवानी महरा, अटोमा सवार २९ बर्षिय निर्मला सिंह, बझाङको बुगंल नगरपालिका ४ बस्ने ४८ बर्षिय दुर्गा नाथ रहेका छन् । त्यस्तै स्कारपियोमा सवार १२ बर्षिय बिष्णुमणी जोशी, ४२ बर्षिय मनोज पन्त र स्कारपियो चालककी ९ बर्षिय छोरी सिद्धी जोशी रहेको डिएसपी पोखरेलले जानकारी दिए ।

घाईते मध्ये मनोज पन्तको टाउकोमा चोट लागेको र अन्य समान्य रहेको उनले बताए ।

 

याे पनि हेर्नुस्
Loading...