Khabar Board

बैतडीमा टिप्पर दु’र्घटना हुँदा चार जना घाइते (नामावलीसहित)

बैतडी ।

बैतडीमा टिप्पर दु’र्घटना हुँदा ४ जना घाइते भएका छन् । धनगढीबाट इँटा बोकेर बैतडी आउँदै गरेको म १ क ३८८ नम्बरको टिप्पर दशरथचन्द राजमार्गको पाटन नगरपालिका ६ कनेडा मोडमा बिहीबार दिउँसो दु’र्घटनामा परेको हो ।

दु’र्घटना परी टिप्पर चालक कञ्चनपुरको बेदकोट नगरपालिका ५ का सन्तोष डगौरा, सहचालक भीमदत्त नगरपालिका ४ का विरेन्द्र चौधरी, बैतडीको पाटन नगरपालिका ३ का हिरा विक र पाटन नगरपालिका ४ का हरिना ऐरी महरा घाइते भएका छन् ।

समाजिक बिकास कार्यालय बैतडी

घाइते चारैजनालाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक मोहनबहादुर साउँदले बताए । घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको उनले बताए ।

टिप्पर सडकबाट करीब ३ सय मिटर तल खसेको छ । दु’र्घटनाको कारण भने पत्ता लागेको छैन् । सगुनखबरबाट

sticker after add
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.