नेप्सेमा ७ कम्पनीको सेयर सूचिकृत, कुनको कित्ता कति ?

काठमाडौं : यस साता नेप्सेमा ७ कम्पनीको सेयर सूचिकृत भएको छ । जसमध्ये २ कम्पनीको साधारण सेयर आईपीओ र अन्य ५ कम्पनीको बोनस सेयर रहेका छन् । यस साता युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सेयर आईपीओ त्यसैगरी,नाडेप लघुवित्त, फरवार्ड माइक्रोफाइनान्स, मिथिला लघुवित्त, रिलायन्स फाइनान्स र प्रुडेन्सियल इन्स्योरेन्सको बोनस सेयर सूचिकृत भएको हो ।

कुनको कित्ता कति?
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आइतबार युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको पनि साधारण सेयर (आईपीओ) सूचीकृत भएको छ ।स्टकका अनुसार कम्पनीको २ करोड १५ लाख कित्ता साधारण सेयर (आईपीओ) नेप्सेमा सूचिकृत भएको हो ।

कम्पनीले असार २४ गते, बिहीबारबाट असार २८ गते, सोमबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेको थियो । जसमध्ये ५ प्रतिशत अर्थात ३ लाख २२ हजार ५०० कित्ता कम्पनीका कर्मचारीहरुलाई सुरक्षित गरिएको थियो । ५ प्रतिशतले नै हुन आउने ३ लाख २२ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइ बाँकी रहेको ५८ लाख ५ हजार कित्ता सर्वसाधारणका लागि छुट्याइएको थियो ।त्यसैगरी, आइतबार नै नेप्सेमा मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सेयर (आईपीओ) सूचीकृत भएको छ । कम्पनीको १२ लाख ११ हजार ५ सय कित्ता साधारण सेयर (आईपीओ) नेप्सेमा सूचिकृत भएको हो ।

news center of article

संस्थाले असार १७ गते बिहीबारदेखि असार २१ गते सोमबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कूल ३ करोड ८९ लाख रुपैयाँ बराबरको ३ लाख ८९ हजार कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको हो । जसमध्ये कुल पुँजीको ०.५ प्रतिशतले हुन आउने ६ हजार ५८ कित्ता संस्थाका कर्मचारीहरुलाई र सर्वसाधारणका लागि जारी गर्न लागेको पुँजीको ५ प्रतिशतले हुन आउने १९ हजार ४५० कित्ता सामुहिक लगानी कोषका लागि छ्ट्याइएको छ भने बाँकी ३ लाख ६३ हजार ४९२ कित्ता सर्वसाधारणका लागि छुट्याइएको थियो ।नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको १० प्रतिशत बोनस बापतको ३ लाख ६८ हजार कित्ता सेयर सूचिकृत भएको हो यसैगरी, फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको २५ प्रतिशत बोनस बापतको १२ लाख ५१ हजार ३८ दशमलव ५० कित्ता सेयर सूचिकृत भएको हो ।मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको १२ प्रतिशत बोनस बापतको एक लाख ४६ हजार ८९ दशमलव १ कित्ता सेयर सूचिकृत भएको हो ।

त्यसैगरी, रिलायन्स फाइनान्स कम्पनी लिमिटेडको १० प्रतिशत बोनस बापतको ८ लाख ३२ हजार ४ सय १६ दशमलव ०६ कित्ता सेयर सूचिकृत भएको हो ।

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको ८ प्रतिशत बोनस बापतको ८ लाख २१ हजार एक सय ४५ दशमलव ६० कित्ता सेयर सूचिकृत भएको हो । लगानीखबरबाट

याे पनि हेर्नुस्
Loading...