धितोपत्र बोर्डका अध्यक्षमाथि छानविन गर्न समिति गठन

१६ भदौ, काठमाडौं । सरकारले धितोपत्र बोर्डका अध्यक्ष भीष्म ढुंगानाले कानुन विपरीत आफन्तको नाममा शेयर खरीद गरेको विषयमा छानबिन गर्न समिति गठन गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद बैठकले बोर्डका अध्यक्षका सम्बन्धमा छानबिन गरी प्रतिवेदन पेश गर्न उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रेको अध्यक्षतामा ३ सदस्यीय समिति गठन गरेको हो ।

जसमा विज्ञ सदस्यका रुपमा नारायण प्रसाद पौडेल र अर्का सदस्य नेपाल कानुन आयोगका सहसचिव अर्जुनककुमार खड्का रहेका छन् ।

news center of article

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले धितोपत्र बोर्डसम्बन्धी ऐन २०६३ को दफा ७ को उपदफा ७ अनुसारको कामका लागि समिति गठन गरिएको बताए ।

सो उपदफा अनुसार अध्यक्षले बोर्डलाई हानि नोक्सानी पुर्‍याई बोर्डको हित वा पुँजी बजारको विकास विपरीत हुने गरी काम कारबाही गरेमा नेपाल सरकारले तोकिए बमोजिम जाँचबुझ समितिको गठन गर्न सक्नेछ । जाँचबुझ समितिले सिफारिस गरेमा अध्यक्षलाई हटाउन सकिने व्यवस्था पनि रहेको छ ।

याे पनि हेर्नुस्
Loading...