पर्सी आउँदैछ कराेडाैँकाे आईपीओ, छुट्ला है, थाहा पाईराख्नुहाेस

काठमाण्डाैँ – बुद्धभूमि नेपाल हाइड्रोपावरले साधारण शेयर(आईपीओ)आईपीओ निष्काशन खुला गर्ने मिति तय गरेकाे छ। असोज ११ गतेदेखि ८ करोड रुपियाँ बराबरको साधारण शेयर(आईपीओ)आईपीओ निष्काशन खुला गर्ने भएकाे हाे ।

उक्त शेयरमा १४ गतेसम्म आवेदन दिन सकिनेछ । आईपीओमा १० कित्तादेखि अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सकिने छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपियाँ अंकित मूल्यका ८ करोड रुपियाँ बराबरकोे ८ लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केटले जनाएको छ ।

निष्काशन हुने कुल शेयरमध्ये २ प्रतिशत अर्थात १६ हजार कित्ता शेयर संस्थाका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी ७ लाख ४४ हजार कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्ने जनाइएको छ ।

सर्वसाधारणका लागि खुला गरिएको बुद्धभूमिको ७ लाख ४४ हजार कित्ता शेयर ७४ हजार ४ सय जनाले मात्र १० कित्ताका दरले पाउने छन् । हिजोआज खुलेका आईपीओहरुमा २४ लाख बढीले आवेदन दिन थालेका छन् । त्यसकारण उक्त कम्पनीको आईपीओमा १० कित्ताका लागि मात्र आवेदन दिनु उपयुक्त छ ।

यसअघि साउन ३२ गतेदेखि भदौ १४ गतेसम्म कम्पनीले नुवाकोट जिल्लाका आयोजना प्रभावितका लागि कुल ४ लाख कित्ता आइपीओ बिक्रीका लागि आवेदन खुला गरी बाँडफाँट समेत गरिसकेको छ ।

अब मेराे सेयरबाटै सबैले आईपीओ भर्न पाउने छन् । उक्त कम्पनीले ४.९९३ मेगावटको लोवर टाडी खोला हाइड्रोपावर आयोजना नुवाकोट जिल्लामा निर्माण गरिरहेको छ ।

याे पनि हेर्नुस्
Loading...