पत्याउनु हुन्छ ? ओपनिङ मूल्य नै १००० सम्म पुग्न सक्ने आईपीओ आउँदै, छुट्ला है

काठमाण्डौं – नेपाली सेयर बजारमा धमाधम साधार सेयर निष्काशन निरन्तर भईरहेका छन् । सोही अनुसार फेरि एक कम्पनीको आईपीओ निष्कासन हुने भएको छ । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको हो ।

संस्थाले सर्वसाधारणको लागि ५ करोड बराबरको ५ लाख २२ हजार कित्ता आईपीओ निष्कासन गर्ने भएको छ । संस्थाले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा प्रभु क्यापिटललाई नियुक्त गरेको छ ।

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले कास्की जिल्लाको पोखरा महानगरपालिकाको सिमलाचौरमा प्रधान कार्यालय भई हाल २० जिल्लामा लघुवित्त व्यवसाय सञ्चालन गरिरहेको छ । संस्थाको हाल १० करोड ७८ लाख चुक्ता पूँजी रहेकोमा थप ५ लाख २२ हजार कित्ता सर्वसाधारणलाई साधारण शेयर निष्कासन गरेपश्चात चुक्ता पूँजी १६ करोड रुपैयाँ हुनेछ।

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको ईपीएस ७७ रुपैयाँ ८९ पैँसा रहेको छ । त्यस्तै बुक भ्यालु अर्थात नेटवर्थ ३४७ रुपैयाँ ११ पैँसा रहेको छ । यसको नन पर्फाेमिङ लोन ३ प्रतिशत रहेको छ । यसको ओपनिङ रेञ्ज नै ३४७ रुपैयाँ ११ पैँसा देखी १ हजार ४१ रुपैयाँ ३३ पैँसा सम्म हुनेछ।

यस लघुवित्तले जुलाई ४ तारिखमा सेबनमा निवेदन दिएको थियो । त्यसपछि सेबनले जुलाईको २३ तारिखमा आफ्नो पाइपलाईनमा राखेको छ । सेबनले लघुवित्तहरुलाई धेरै समय आफ्नो पाईपलाईनमा राख्ने गरेको छैन् ।

त्यसैले सम्भवत हामीले यो लघुवित्तको आईपीओमा यही आर्थीक बर्ष भित्रमा आवेदन दिन पाउनेछौँ । यस सम्बन्धि कुनै पनि अपडेट आएमा तपाईलाई यही सेयर संसारको पेज र वेबसाईटले जानकारी दिनेछ ।

याे पनि हेर्नुस्
Loading...