बजारमा आयो उपलब्धि बहुदेशिय सहकारी ,काठमाडौं बाट सेवा सुरु

काठमाडौ ,२१ असोज :  उपलब्धि बहुदेशिय सहकारी संस्था नयाँ व्यवस्थापनका साथ बजारमा आएको छ।  मुख्य कार्यालय काठमाडौं महानगरपालिका सोह्रखुट्टेमा रहने गरि उपलब्धि बहुदेशिय सहकारी संस्थाले आफ्नो सेवा अगाडी बढाएको हाे ।संस्थाको आज औपचारिक कार्यक्रम गरि उद्घाटन गरिएको छ ।

उपलब्धि बहुदेशिय सहकारीको समुदघाटन राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के.बि उप्रेतीको प्रमुख आतिथ्य र नेपाल बहुदेशिय सहकारी संघका संचालक नरेन्द्र बिष्टको विशिष्ट आतिथ्यमा सम्पन्न भएको संस्थाका सचिव सागर भण्डारीले जानकारी दिएका छन ।

news center of article

‘बैंकिङ, फाइनान्स र सहकारी क्षेत्रमा लामो समय अनुभव भएका सहकर्मीहरुको सयुक्त पहलमा हामी बजारमा आएका छौ, सबै क्षेत्रको अनुभव भएका व्यक्तिहरू पहलमा भएकोले सहकारी क्षेत्रका बिकृतीहरुको न्यूनीकरण गर्दै सहकारीका सेवाग्राहीहरुको आवस्यकतालाई मलजल गर्न सकिने बिश्वास लिएको’ संन्चालक रिजन मडैले बताउँछन।

“एकका लागि सबै र सवैका लागि एक” भन्ने भावना र व्यवहार मार्फत व्यक्ति, परिवार, समाज र समग्र राष्ट्रको आर्थिक एवं सामाजिक उत्थानको लागि एकीकृत रुपमा सहकारीले गति लिने सहकारीका अर्का संन्चालक युवराज दाहालले बताए।

याे पनि हेर्नुस्
Loading...