उच्च मूल्य पुग्ने गरी आउन लागेकाे सीवाईसी नेपाल लघुवित्तको आईपीओले पायाे यस्ताे रेटिङ

काठमाडाैँ – सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले निष्कासन गर्न लागेकाे साधारण सेयर (आईपीओ) को रेटिङ सम्पन्न गरेको छ । कम्पनीको आईपीओलाई रेटिङ एजेन्सी केयर रेटिङ नेपालले ‘डबल बी माइनस’ रेटिङ प्रदान गरेको छ ।

यस रेटिङले कम्पनीको आधारभूत अवस्था मध्यम जोखिम रहेको संकेत गर्दछ । कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता औसत मध्यम जोखिम रहेको पनि याे रेटिङले संकेत गर्दछ ।

news center of article

कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ३ करोड ९५ लाख ३३ हजार ६ सय रुपैयाँ बराबरको ३ लाख ९५ हजार ३ सय ३६ कित्ता आईपीओ निष्कासन गर्न नियामक निकाय नेपाल धिताेपत्र बाेर्डमा निवेदन दिइसकेकाे छ ।

कम्पनीले आईपीओकाे निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

याे पनि हेर्नुस्
Loading...