छुट्ला है ! एउटा धेरै राम्राे कम्पनीकाे आईपीओमा आवेदन दिने आज अन्तिम माैका हाे

काठमाण्डाैँ – मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले असाेज २० गते, बुधबारबाट सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुल्ला गरेको साधारण सेयर (आईपीओ) मा आवेदन दिने आज (असाेज २५ गते, साेमबार) अन्तिम दिन रहेकाे छ ।

कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे ।

जसमध्ये, ५ प्रतिशत अर्थात् ४ लाख ५० हजार कित्ता सामुहीक लगानी कोष र ४ प्रतिशत अर्थात् ३ लाख ६० हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ ।

news center of article

बाँकी ८१ लाख ९० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । लगानीकर्ताहरूले यस आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

त्यसैगरी, कम्पनीकाे निष्कासन तथा बिक्री प्रबन्धककाे काम ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गरेकाे छ । लगानीकर्ताहरूले सम्पूर्ण सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्थाहरू तथा मेरो सेयरमार्फत आईपीओ भर्न सक्नेछन् ।

निष्कासन तथा बिक्री प्रबन्धक ग्लाेबल आइएमई क्यापिटलका अनुसार आइतबार साँझ ५ बजेसम्म २० लाख ८८ हजार ३ सय ५० जना आवेदकहरूले ३ करोड ६ लाख ३३ हजार ५ सय ३० कित्ताका लागि आवेदन दिएका छन् ।

याे पनि हेर्नुस्
Loading...