दशैँ बिदा हुनु अघिकाे सेयर बजारकाे अन्तिम कारोबार कस्ताे रह्याे त ?

दशैँ बिदा अगाडिकाे अन्तिम काराेबार दिन आज (साेमबार) पनि सेयर बजारमा करेक्सन देखिएकाे छ । आइतबार घटेकाे बजारमा साेमबार पनि दाेहाेराे अंककाे गिरावट देखिएकाे हाे ।

सरकारले दशैँको लागि भोलि असोज २६ गते फूलपातीको दिनदेखि सार्वजनिक बिदा दिएको छ । त्यसैले, भाेलिबाट सेयर बजार पनि बन्द रहनेछ । असोज २६ गतेदेखि असोज ३० गतेसम्म नेप्से बन्द रहने भएकाे हाे ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (साेमबार) सेयर कारोबार मापक नेप्से परिसूचक २३.१९ अंकले घटेर २६३९.३७ विन्दुमा पुगेकाे छ । नेप्से ०.८७ प्रतिशतले घटेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ५.५६ अंकले घटेर ४९४.२२ विन्दुमा झरेकाे छ ।

कूल २१९ वटा कम्पनीकाे ९३ लाख १४ हजार ७ सय ८० कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ६३ करोड ९४ लाख ६८ हजार ९३ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार काराेबार भएका १३ उपसमूहमध्ये २ वटा उपसमूहकाे सेयर अर्थात् म्युचुअल फण्ड र लगानी समूह बढेकाे छ भने बाँकी ११ वटा उपसमूहकाे सेयर घटेकाे छ ।

news center of article

साेमबार नबिल बैंक लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । बैंककाे १७ कराेड १३ लाख ८५ हजार ३ सय १८ रूपैयाँ बराबरकाे काराेबार भएकाे छ ।

साेमबार ग्लोबल आइएमई समुन्नत योजना १ काे ईकाई मूल्यमा सकारात्मक सर्किट लागेकाे छ । याेजनाले बम्पर लाभांश घाेषणा गरेपछि यस याेजनामा लगानीकर्ताकाे आकर्षण बढेकाे हाे ।

यस याेजनकाे ईकाई मूल्य १० प्रतिशतले बढेर प्रतिईकाई २१ रूपैयाँ ६७ पैसा पुगेकाे छ । ग्लोबल आईएमई बैंक लिमिटेड काेष प्रवर्द्धक रहेकाे ग्लोबल आईएमई क्यापिटल अन्तर्गत सञ्चालित ग्लोबल आइएमई समुन्नत योजना १ ले आर्थिक वर्ष २०७७/ ७८ को मुनाफाबाट इकाईधनीहरूलाई करसहित १०० प्रतिशतका दरले लाभांश वितरण गर्ने घाेषणा गरेकाे छ ।

त्यसैगरी, साेमबार महालक्ष्मी विकास बैंक लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ ।

याे पनि हेर्नुस्
Loading...