८७ वटा पोर्न भिडियो बनाएको आरोप लागेकी बलिउड अभिनेत्री जेलबाट छुटिन्

काठमाडौं। बलिउड अभिनेत्री तथा मोडल गहना वशिष्ठ धरौटीमा जेलबाट छुटेकी छिन् । उनलाई अश्लिील फिल्म बनाएर आफ्नो वेबसाइटमा अपलोड गरेको आरोपमा मुम्बइ क्राइम ब्रान्चको प्रोपर्टी सेलले गिरफ्तार गरेको थियो । तीन जनाले आफूहरुमाथि पोर्न भिडियो बनाउन दबाब दिइएको भन्दै उजुरी दिएपछि गहनालाई ६ फेब्रुअरीमा पक्राउ गरिएको थियो ।

एक समाचार पोर्टलसँग कुरा गर्दै मुम्बइ पुलिसका एक बरिष्ठ अधिकारीले गहनाले ८७ वटा पोर्न भिडियो बनाएर आफ्नो वेबसाइटमा अपलोड गरेको बताएका थिए । यी भिडियो हेर्न सब्सक्राइब गर्नुपर्छ जसवापत २ हजार रुपैयाँ तिर्नुपर्छ । ३२ वर्षकी गहनाको वास्तविक नाम वन्दरा तिवारी हो । उनले भोपालबाट रोबोटिक साइन्समा इन्जिनियरिङ गरेकी छिन् ।

गहना स्टार प्लसको शो बहनों मा मुख्य भूमिकामा देखिएकी थिइन् । २०१२ मा गहनाले मिस एसिया बिकिनी कन्टेस्ट जितेकी थिइन् । यसका अलावा विगत ६ वर्षमा उनले दक्षिण भारतका ३० भन्दा धेरै फिल्ममा काम गरिसकेकी छिन् । गहनाले अल्ट बालाजीको वेब सिरिज गंदी बात तथा उल्लुका वेब सिरिजमा काम गरेकी छिन् ।

पाँच महिनाको प्रयासपछि धरौटीमा छुटेकी गहना देशबाहिर जान भने पाउने छैनन् । यो अवधि उनी भायखाल जेलमा थिइन् । गत महिना कोरोना संक्रमणबाट ठिक भएकी उनलाई स्टेक भएको थियो । गहनाले संघर्ष गरिरहेका अभिनेत्रीलाई कामको लोभ देखाएर पोर्न भिडियो बनाउँथिन् । कामको बदलामा हरेक फिल्मको लागि १५ देखि २० हजार दिन्थिन् ।

याे पनि हेर्नुस्
Loading...