सलमान खानले यी अभिनेत्रीसँग मागे दुई हात जोडेर माफी

एजेन्सी । अभिनेता सलमान खान हालै आफ्नो दाइ अरबाज खानको च्याट सो ‘पिन्च सिजन २’मा देखिएका थिए। कार्यक्रममा उनले सलमानलाई सामाजिक सञ्जालमा क–कसलाई फलो गरेका छन् भनेर प्रश्न सोधेका थिए। ट्विटरमा चार करोडभन्दा बढी फलोअर्स भएका सलमानले जम्मा २५ जनालाई फलो गरेका छन्। इन्स्टाग्राममा पनि उनको त्यति नै फलोअर्स् छन् तर उनले भने थोरैलाई मात्र फलो गरेका छन्।

कार्यक्रममा अरबाजले तीन अभिनेत्री कट्रिना कैफ, संगीता बिजलानी र अथिया सेट्टीको नाम लिँदै यीमध्ये कुन अभिनेत्रीलाई इन्स्टाग्राममा फलो गरेका छैनन् भनेर सलमानलाई प्रश्न सोधेका थिए।

सुरुमा सलमानले आफ्नी पूर्वप्रेमिका संगीता बिजलानीलाई आफूले फलो गरेको नहुन सक्ने जवाफ दिएका थिए। अरबाजले भने सलमानले अभिनेता सुनिल सेट्टीकी छोरी अथिया सेट्टीलाई फलो नगरेको बताए। अरबाजको कुरा सुन्ने बित्तिकै सलमानले दुई हात जोडेर कार्यक्रमकै बीचमा अथियासँग माफी मागे र उनलाई अबदेखि फलो गर्ने बताए।

news center of article

अभिनेत्री अथिया सेट्टीले अहिलेसम्म अरबाजको उक्त सो वा सलमानको माफी सम्बन्धमा कुनै प्रतिक्रिया जनाएकी छैनन्। उनका बुबा सुनिल सेट्टीले भने सलमानकाे माफी माग्ने तरिका ‘क्युट’ लागेको बताएका छन्। ‘सलमान हाम्रो परिवार हो। उनी जुनै काम पनि आफ्नो मनबाट गर्छन्। जब उनले कार्यक्रममा अथियासँग माफी मागे, त्यो निकै प्यारो थियो,’ सुनिल सेट्टीले एक अन्तर्वातामा भने, ‘उनीहरुबीच राम्रो सम्बन्ध छ र म सलमानसँगको मेरो सम्बन्धलाई पनि कदर गर्छु।’

योसँगै अरबाजले सलमानको दुबईमा गोप्य परिवार भएको हल्लाबारे सोधेका थिए। सलमानको अभिनयमाथि उठेको प्रश्नमाथि पनि कार्यक्रममा कुराकानी भएको थियो। ‘पिन्च सिजन २’को अन्य नयाँ एपिसोडमा अनन्या पान्डे, टाइगर श्राफ, फरआन अख्तर, कायरा आडवानी, राजकुमार राव र फरआन खान उपस्थित हुने हिन्दुस्तान टाइम्सले जनाएको छ।

याे पनि हेर्नुस्
Loading...