आमा आईसीयूमा भर्ना भएपछि अक्षय लण्डनको छायाङ्कन छोडेर भारतमा

मुम्बई । लण्डनमा नाम गोप्य राखेर नयाँ प्रोजेक्टमा व्यस्त रहेका अभिनेता अक्षय कुमार छायाङ्कन बिचमै रोकेर भारत फर्किएका छन् । छायाङ्कन सकाएर अर्को महिनामात्रै भारत फर्कने योजनामा रहेका अक्षय मंगलबार हतारहतार भारत फर्किएका हुन् ।
आमा अरूणा भाटिया अस्पतालको आईसिय्रमा भर्ना भएपछि अक्षय सबै काम छोडेर भारत फर्किएका हुन् ।

पिंकभिलागका अनुसार अक्षयकी आमा केही दिनदेखि अस्वस्थ छिन् । हाल उनलाई मुम्बईको हिरानन्दनी अस्पतालको आईसियूमा राखिएको छ ।

news center of article

आफ्ना सबै काम यतिकै छोडेर आएका उनले निर्माताहरूलाई आफूबाहेकका सबै दृश्यको छायाङ्कन गरिराख्न भनेर आएका हुन् । अक्षयका लागि वर्ष २०२१ निकै व्यस्त वर्ष हुनेछ । उनका थुप्रै चलचित्रको छायाङ्कनको मिति एकपछि अर्को गरी राखिएको छ ।

याे पनि हेर्नुस्
Loading...