शिल्पाका पति राज कुन्द्रा धरौटीमा रिहा, ५० हजार बुझाए

राज कुन्द्रालाई अदालतले धरौटीमा रिहा गरेको छ । बलिउड अभिनेत्री शिल्पा सेठ्ठीका पति कुन्द्रालाई ५० हजार धरौटीमा छाड्न आदेश दिएको हो ।

गत जुलाई १९ मा पोर्नोग्राफी मुद्दामा मुम्बई प्रहरीले कुन्द्रालाई पक्राउ गरेको थियो । पक्राउपछि उनी जेलमै रहेका थिए ।

मुम्बई प्रहरीका अनुसार पोर्न फिल्मको कारोबारी रहेका कुन्द्राले दुईवर्षमा आफ्नो एपको प्रयोगकर्ता तीन गुणा र मुनाफा आठ गुणाले बढाएका थिए ।

याे पनि हेर्नुस्
Loading...