ठगी मुद्दामा बलिउड अभिनेत्री नोरा र ज्याकलिनमाथि अनुसन्धान

नयाँदिल्ली : बलिउड अभिनेत्री तथा डान्सर नोरा फतेही र जेकलिन फर्नान्डेजमाथि ठगी मुद्दामा अनुसन्धान हुने भएको छ। उनीहरुलाई भ्रष्टाचारविरुद्ध सरकारी निकाय प्रवर्तन निर्देशनालयले उनीहरुलाई अनुसन्धानका लागि बोलाएको छ।

नोरा हालै निर्देशनालयको कार्यालयमा अनुसन्धानका लागि जँदै गरेको तस्बिर समेत सार्वजनिक भएको छ। जेकलिन भने शुक्रबार मात्रै कार्यालयमा उपस्थित हुने बताइएको छ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार यसअघि ठगी मुद्दामा पक्राउ परेका कलाकार सुकेश चन्द्रशेखर र लिना पलसँग फतेही र फर्नान्डेजको सम्बन्ध हुनसक्ने भन्दै अनुसन्धान गर्न थालिएको हो।

news center of article

चन्द्रशेखर र लिना यसअघि नै २०० करोड ठगी र फिरौती मुद्दामा पक्राउ परिसकेका छन्। सोही मुद्दामा अभिनेत्रीद्वयको हात हुनसक्ने आशंका गर्दै उनीहरुमाथि पनि अनुसन्धान गर्न थालिएको हो।

चन्द्रशेखर र लिनालाई फोर्टिस हेल्थकेयरका प्रमोटर शिविन्दर सिहंको परिवारबाट करिब २०० करोड रुपैयाँ ठगी गरेको आरोपमा दिल्ली प्रहरीले गिरफ्तार गरेको थियो। चन्द्रशेखर यसअघि पनि अन्य थप्रै मुद्दामा मुछिएका छन्। १७ वर्षको उमेरदेखि नै आपराधिक गतिविधमा सक्रिय उनीमाथि दर्जनौ मुद्दा परेका छन्। उनलाई हाल नयाँदिल्लीस्थित रोहिणी जेलमा राखिएको छ। एजेन्सी

याे पनि हेर्नुस्
Loading...