२० बर्षपछि साउथ फिल्ममा फर्किँदै शिल्पा शेट्टी, महेश बाबुसँग अभिनय गर्ने

काठमाडौं – बलिउडकी चर्चित अभिनेत्री शिल्पा शेट्टी फेरि साउथ फिल्ममा देखिने भएकी छन् ।

२००१ देखि साउथ फिल्ममा नदेखिएकी शिल्पा लामो समयपछि साउथ फिल्ममा फर्किएकी हुन् । उनी साउथ फिल्म ‘एसएसएमबि २८’मा अभिनय गर्ने भारतिय मिडियामा जनाइएको छ । यस फिल्ममा साउथ स्टार महेश बाबु रहेका छन् ।

त्रिविक्रम श्रीनिवासको निर्देशनमा बन्ने यस फिल्ममा आफुले अभिनय गर्ने बारे शिल्पाले आधिकारीक पुष्टि भने गरेकी छैनिन् ।

news center of article

केही दिनअघि यस फिल्ममा जान्हवी कपुर र पूजा हेगडे सामिल हुने बताइएको थियो । तर अब भने शिल्पाको अभिनय रहने बताइएको छ ।

शिल्पा ‘शशा वीरुदु सागरा कन्या’बाट तेलुगु फिल्ममा डेब्यु गरेकी थिइन् । उनी २० बर्षअघि फिल्म ‘भलेवादिवी बैसु’ मा देखिएपछि अन्य तेलुगु फिल्ममा देखिएकी थिइनन् ।

याे पनि हेर्नुस्
Loading...