विपक्षीको विरोधपछि प्रदेश दुईको सभा स्थगित

मंगलबार छैठो अधिवेशनको दोस्रो बैठकमा विपक्षी दलका सांसदहरुले विरोध गरेपछि प्रदेशसभा बैठक बुधबार १ बजेसम्मका लागि स्थगित गरिएको प्रदेशसभा सचिवालयका सचिव रंजित यादवले जानकारी दिए।

मंगलबार बसेको प्रदेशसभा बैठकमा सशर्त अनुदानको विषयलाई लिएर विपक्षी दलहरु नेपाली काँग्रेस, नेकपा एमाले र माओवादी केन्द्रले बैठक अवरुद्ध गरेका थिए। मुख्यमन्त्री लालबाबु राउतले रोष्टममा जवाफ दिएपछि मात्र प्रदेशसभा बैठक चल्न दिने भन्दै उनीहरुले बैठक अवरुद्ध गरेका थिए ।

प्रदेशसभा सदस्यहरुसंग समन्वय नगरी स्थानीय तहमा सशर्त अनुदानको बजेट पठाइएको भन्दै विपक्षी दलहरुले प्रदेशसभा बैठक अवरुद्ध गरेका हुन्।

आफूहरुसँग सशर्त अनुदानको लागि समन्वय नगरेको, सशर्त अनुदानको बजेट दुरुपयोग गरेको लगायतका आरोप विपक्षीदलहरुको छ।

याे पनि हेर्नुस्
Loading...