बैतडी प्रहरीले थाल्यो वृक्षारोपण अभियान

७ असार, बैतडी । जिल्ला प्रहरी कार्यालय बैतडीले वृक्षारोपण अभियान सञ्चालन गरेको छ ।

वाताबरणीय अनुकुलतालाई मध्यनजर गर्दै पर्यावरणलाई हराभरा बनाउने उदेश्य सहित सोमबारबाट प्रहरीले वृक्षारोपण अभियान शुरु गरेको हो।

आज पहिलो दिन जिल्ला प्रहरी कार्यालयको परिसर भित्र बृक्षारोपण गरी अभियानको थालनी गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख, प्रहरी नायव उपरीक्षण नारायण प्रसाद अधिकारीले जानकारी दिनुभएको छ।

अभियान अन्तर्गत जिल्लाका ३५ वटै प्रहरी युनिटमा बृक्ष रोपण भईरहेका उहाँले बताउनुभयो । जिल्ला भरिमा करिब १५ सय वृक्ष रोपण गर्ने लक्ष्य रहेको अधिकारीले बताउनुभयो।

वृक्षारोपण अभियानमा पहिलो प्राथमिकता प्रहरी युनिटहरुलाई दिईएको र बाँकी बिरुवाहरु सार्वजनिक ठाउँहरुमा लगाईने जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ ।

याे पनि हेर्नुस्
Loading...