कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु, एक घाइते

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।

जिल्लाको भिमदत्त नगरपालिका–८ तिलाचौरस्थित सडकमा म१प ८५८८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार भिमदत्त नगरपालिका– १० तिल्केनी बस्ने २२ वर्षीय गणेश नाथको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको महाकाली अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। यस्तै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक शम्भुराज जोशीलाई थप उपचारका लागि धनगढी ल्याइएको थियो।

उनको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

मोटरसाइकलमा सवार अर्को घाइते भएका केशव सिंह उपचार पश्चात डिस्चार्ज भएको उनले बताए।

याे पनि हेर्नुस्
Loading...