कैलालीको टीकापुरमा मोबाईल पसलमा आगलागी, २५ लाखको क्षति

धनगढीः कैलालीको टीकापुरमा मोबाईल पसलमा आगलागी भएको छ।

टीकापुर नगरपालिकाको वडा नम्बर ६ नारायणपुर चौराहमा रहेको अशोक मोबाईल ग्यालरीमा आगलागी भएको हो। वडा नम्बर ६ का अध्यक्ष बलिराम चौधरीका अनुसार विहिबार राति मोबाईल पसलमा विद्युत आपूर्ति सूचना हुने वित्तिकै पसलमा आगो लागेको हो।

अशोक चौधरीको अशोक मोबाईल ग्यालरीमा विद्युतको हाइभोल्टेजका कारण विद्युत शर्ट भइ आगलाजी भएको हुन सक्ने आशंका गरिएको छ। आगो लाग्दा झण्डै २५ लाखको क्षति भएको छ। पसल आगलागीबाट पूर्णरूपमा क्षतिग्रस्त छ।

याे पनि हेर्नुस्
Loading...