जसले एक सय बालकको हत्या गरे

एजेन्सी

एजेन्सी : सिरियल किलरका विषयमा तपाईले धेरै कथाहरू सुन्नुभएको होला । तर, पाकिस्तानका एक सिरियल किलर ती सबै हत्यारालाई माथ खुवाउने खालका छन् । यी सिरियल किलरले १ सय बच्चाहरूको ज्यान लिएका थिए ।

यी सिरियल किलरले १ सय बच्चाहरू मार्ने कसम नै खाएका थिए । र, कसम पुरा गरेपछि आफैँ प्रहरी समक्ष आत्मसमर्पण गरे ।

डिसेम्बर १९९९ मा यी हत्याराले लोहारमा एक पत्रिकाका सम्पादकलाई चिठ्ठी लेखेका थिए । ‘मेरो नाम जावेद इकबाल हो र मैले १ सय बच्चाहरूको हत्या गरेको छु र उनीहरूको लासलाई तेजाब हालेर नष्ट गरिदिएको छु,’ चिठ्ठीमा लेखिएको थियो,‘मैले हत्या गरेका अधिकांश बालक घरबाट भागेका अनाथ हुन् ।’

जावेद इकबालले चिठ्ठीमा त्यो स्थानको पनि उल्लेख गरेका थिए, जहाँ उनले यी सबै बच्चाको हत्या गरे । उनले अपराध स्विकार्दै लाहोर पुलिसलाई पनि एक चिठ्ठी पठाएका थिए । तर, पुलिसले जावेदको चिठ्ठीलाई गम्भीरताका साथ लिएन ।

तर, पत्रिकाका सम्पादकले यस विषयलाई गम्भीरताका साथ लिए, उनले घटनास्थलमा आफ्ना पत्रकार पठाए । त्यस स्थानमा पुगेपछि पत्रकारले एक घरभित्र रगतको निशान देखेँ ।

यतिमात्रै होइन, त्यहाँ दुई ठूला ब्यागमा बच्चाका जुत्ता र कपडा पनि थिए । त्यस्तै एउटा डायरी पनि थियो, जहाँ बच्चाहरूको नाम र उनीहरूबारे जानकारी लेखिएको थियो ।

त्यस्तै, घरबाहिर हाइड्रोक्लोरिक एसिडले भरिएका दुई कन्टेनर पनि थिए, जसमा बच्चाहरूका हड्डीको ढाँचा थियो । यो सबै देखेपछि पत्रकारले तुरुन्तै आफ्नो कार्यालय पुगेर सम्पादकलाई सबै कुरा बताए ।

यसपछि पुलिसलाई यसको सूचना दिइयो ।

यसपछि पुलिस टिमले जावेद इकबालले लेखेको स्थानमा पुगेर सबै प्रमाण बरामद ग¥यो । त्यहाँ पुलिसलाई एक नोटबुक पनि पाइएको थियो । त्यहाँ लेखिएको थियो,‘मेरो नाम जावेद इकबाल हो र मैले १ सय बच्चाहरूको हत्या गरेको छु र उनीहरूको लासलाई तेजाब हालेर नष्ट गरिदिएको छु । हत्याको प्रमाण रहोस् भनेर मैले केही लासहरू यहीँ छाडिदिएको छु । जसलाई मैले अन्त्येष्टि गर्न पाइनँ । म रावी नदीमा कुदेर आत्महत्या गर्दैछु ।’

पुलिसले यसबारे तत्कालै एक्सन लियो र सर्च अपरेसन सुरु ग(यो र रावी नदीको चारैतर्फ घेरा हाल्यो । यो पाकिस्तानी इतिहासकै सबैभन्दा ठूलो सर्च अपरेसन थियो, तर जावेदको लास कहीँ पनि भेटिएन ।

news center of article

घटनाको छानबिन गर्ने क्रममा पुलिसले जावेदका दुई साथीहरूलाई पक्राउ ग¥यो र उनीहरूसँग सोधपुछ ग¥यो । सोधपुछकै क्रममा एक साथीले पनि छतबाट कुदेर आत्महत्या गरे ।

घटनाको छानबिन चल्दै गर्दा जावेद इकबाल अचानक त्यही पत्रिकाको कार्यालयमा भेटिए, जहाँ उनले पहिले चिठ्ठी पठाएका थिए । ती सम्पादकसँग नै भेटे, जसलाई चिठ्ठी पठाएका थिए र उनले आफू आत्मसमर्पण गर्न आएको भन्दै अन्तर्वार्ता दिने चाहना राखे । अन्तरवार्ता सकिएपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

अन्तर्वार्तामा यस्तो खुलासा

जावेदका अनुसार उनले बच्चाहरूलाई फकाएर वा जर्बजस्ती गरेर लाहोरको शादबागस्थित आफ्नो घरमा ल्याउने गरेका थिए । यो एक सुनसान इलाका थियो, त्यहाँ बच्चासँग दुष्कर्म गरेपछि एक जन्जिरको सहारा लिएर गला दबाउँदै मार्ने गरेका थिए ।

त्यसपछि लासलाई छोटा–छोटा टुक्रामा काटेर, ती टुक्रालाई एसिडमा डुबाएर नष्ट गर्ने गरेका थिए । त्यसपछि पनि कुनै टुक्रा बाँकी रह्यो भने त्यसलाई नदीमा लगेर फ्याँक्ने गरेका थिए ।

जावेदले पुलिसमा आफ्नो सारा बयान दिएर अपराध स्विकारेपछि १६ मार्च २००० मा उसलाई अदालतमा पेस गरियो ।

अदालतले यस मामिलामा आफ्नो सजाय सुनाउँदै भन्यो,‘जसरी जावेद इकबालले निर्मम ढङ्गले १ सय बच्चाको हत्या ग¥यो, ठिक त्यसैगरी उसलाई पनि १ सय पटक झुन्डाइनेछ । त्यसपछि उसको लासलाई सय टुक्रामा काटिनेछ र ती टुक्राहरूलाई एसिडले नष्ट गरिनेछ ।’

यद्यपि, यस कठोर सजायलाई लिएर विश्वका अन्य देशहरूले ठूलै विरोध गरे । त्यसपछि फैसला उल्ट्याइयो र भनियो,‘जावेद इकबाललाई फाँसी दिइनेछ ।’

तर, फाँसी हुनभन्दा पहिले ८ अक्टुबर २००१ को बिहान लखपत जेलमा जावेद र उसका एक साथीको लास भेटियो । छतमा रहेको रडमा उसको लास झुन्डिएको थियो । उसको हात–खुट्टा निलो थियो ।

जेलमै उनीहरूको हत्या भएको शङ्का अधिकांशले गरेका थिए । उनीहरूको शङ्का जेलका अधिकारीमाथि थियो । पहिले उनीहरूलाई विषय खुवाइएको र त्यसपछि तन्नाको सहाराले रडमा झुन्ड्याएको हुनसक्ने धेरैको आशङ्का छ । तर जेल अधिकारीहरूले यसलाई आत्महत्या माने । यस घटनाका कारण जेलका धेरै कर्मचारीहरू निलम्बित समेत भए । -एजेन्सीको सहयोगमा

याे पनि हेर्नुस्
Loading...