नेपालमा हालसम्म कोराना संक्रमणबाट मृत्यु हुने कुन उमेर समुहका कति ?

काठमाडौं, १८ साउन । पछिलो २४ घन्टामा नेपालमा कोरोना संक्रमणबाट १८ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ८ सय ७५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

विश्वभर कोरोना संक्रमणबाट ४२ लाख ९० हजार बढीले ज्यान गुमाएका छन् । ती मध्ये सबैभन्दा बढी ६० देखि माथि उमेरसमुहको संख्या रहेको छ ।

हालसम्म नेपालमा संक्रमणबाट मृत्यु हुनेमा ६० वर्ष माथिका धेरै रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयको अनुसार ६० वर्ष माथिका ५३ सय ६७ जना, ५० देखि ५९ वर्ष सम्मका १९ सय ३५ जना, ४० देखि ४९ उमेर समुहका १४ सय २१ जना , ३० देखि ३९ उमेरसमुहका ८१६ जना, २० देखि २९ उमेरका २९७ जना, १० देखि १९ वर्षसम्मका ५० जना र ९ वर्ष मुनिका ४२ जनाको निधन भएको छ । त्यस्तै, परिचय नखुलेको ७ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

news center of article

आइतबार कोरोना भाइरसका २ हजार ५ सय ६८ जना संक्रमित थपिएसंगै नेपालमा कुल संक्रमितको संख्या ६ लाख ९७ हजार ३ सय ७० पुगेको छ ।

त्यस्तै, हिजो २ हजार २० जना संक्रमणमुक्त भएसँगै ६ लाख ५६ हजार १ सय ९७ जना संक्रमणमुक्त भएका छन् ।

याे पनि हेर्नुस्
Loading...