कक्षा १२ को परीक्षा भदौ ३० बाट गरिने । (तालिका सहित)

काठमाडौं : कोभिड – १९ को जोखिम को कारण देखाउदै गत साउनमा स्थगित गरिएको कक्षा १२ को परीक्षा भदौ ३० गते हुने भएको छ ।

परीक्षा बोर्डको आज बसेको बैठकले भदौ ३० गतेदेखि शुरु गर्ने निर्णय गरेको हो । परिक्षा होम सेन्टर मै हुने समेत जानकारी दिएको छ।

कोभिड -१९ संक्रमणबाट सुरक्षित हुनेगरि स्वास्थ्य मापदण्ड अपनाएर विहान ११ बजेदेखि दिउँसो २ बजेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय भएको परीक्षा बोर्डका प्रवक्ता जंगबहादुर अर्यालले जानकारी दिनुभयो ।

कक्षा १२ मा झण्डै चार लाख विद्यार्थी छन् । पटक पटक स्थगित हुदा विद्यार्थी हरुको भबिस्य मथी नै खेलवाड भएको भन्दै सरकारको आलोचना पनि भएको थियो ।

news center of article

यस अघि गत जेठमा तय भएको परीक्षा साउन ३१ गते शुरु गर्ने भनिए पनि पुनस् कोरोना संक्रमण उच्च जोखिम भएपछि रोकिएको थियो ।

बोर्डले अघिल्लो वर्ष ४० प्रतिशत मुल्याङ्कनका लागि परीक्षा लिएको थियो । तर यस वर्ष भने शतप्रतिशत नै परीक्षा लिने भएको छ ।

यस्तो छ तालिका ।

याे पनि हेर्नुस्
Loading...