निर्मला हत्या अनुसन्धानबारे प्रधानमन्त्रीले लिए जानकारी, दोषी पत्ता लगाएर तत्काल कारबाही गर्न निर्देशन

१० साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्मला हत्या प्रकरणको अनुसन्धानबारे जानकारी लिएका छन् । निर्मला हत्याको तीन वर्ष पुगेको दिन आइतबार प्रधानमन्त्री देउवाले गृह मन्त्री र प्रहरी प्रमुखलाई बोलाएर अहिलेसम्म भएको अनुसन्धानबारे जानकारी लिएका हुन् ।

प्रधानमन्त्री देउवाले सामाजिक संजाल फेसबुकमा गृह मन्त्री र प्रहरी प्रमुखसँग छलफल गरेको तस्बिर सार्वजनिक गर्दै आफूले निर्माला हत्याका दोषीलाई चाँडोभन्दा चाँडो पत्ता लगाएर कारबाही गर्न पनि निर्देशन दिएको बताएका छन्।

ad

तीन वर्ष अघि साथीको घरबाट स्कुलको गृहकार्य गरी घर फर्किने क्रममा सम्पर्क बिहीन भएकी निर्मलाको बलात्कार पछि हत्या गरिएका अवस्थामा शव उखुबारीमा भेटिएको थियो ।

‘निर्मला हत्या प्रकरणमा न्याय पाऔँ’ भन्दै निर्मलाका बुबा, स्थानीयवासी र अधिकारकर्मीले आइतबार दिउँसो महेन्द्रनगर बजारमा र्‍याली निकालेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले उक्त प्रकरणको सघनरुपमा अनुसन्धान भइरहेको जनाएको छ । घटनापछि तीन वर्षदेखि निरन्तर प्रहरी नायब उपरीक्षकको नेतृत्वमा प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोको टोली कञ्चनपुरमै बसेर अनुसन्धानमा खटिएको छ ।

याे पनि हेर्नुस्
Loading...