आगामी तीन दिनको मौसम पूर्वानुमान : कुन दिन कुन प्रदेशमा छ अत्याधिक बर्षाको सम्भावना ?

१७ साउन, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ।

हाल देशभर सामान्य बदली रही प्रदेश १ का केहि स्थानहरुमा र बाकी प्रदेशका एक(दुई स्थानहरुमा हल्का वर्षा भैरहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ श्रावण १७ गते (आईतबार)

दिउँसो : देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कर्णाली, लुम्बिनी, गण्डकी र सुदुर पश्चिम प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

राती : देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, गण्डकी, लुम्बिनी र सुदुर पश्चिम प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

२०७८ श्रावण १८ गते (सोमबार)

news center of article

दिउँसोस् देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती, गण्डकी कर्णाली र सुदुर पश्चिम प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

राती : देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती, गण्डकी प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

२०७८ श्रावण १९ गते (मंगलबार)

दिउँसो : देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ बागमती र गण्डकी प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

राती : देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी र सुदुरपश्चिम प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
प्रदेश १, गण्डकी, कर्णाली, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले पहाडी भूभूगमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

याे पनि हेर्नुस्
Loading...