विदेशबाट फर्कनेले खोप नलगाएको भए १० दिन क्वारेन्टीन बस्नु पर्ने

दशैं र तिहारबाट नेपाल आउनेहरुका लागि अध्यागमन विभागले ७२ घण्टाको पीसीआर र पुर्ण डोजको खोप अनिवार्य हुनु पर्ने भनेको छ । अन्यथा १० दिन अनिवार्य क्वारेन्टीन बस्नु पर्ने जनाएको छ ।

नेपाल आउने यात्रुहरूका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको पछिल्लो व्यवस्था अनुसार स्वदेशी तथा विदेशी जो कोही आगन्तुकले नेपाल प्रवेश गर्न ७२ घण्टा भित्रको पीसीआर रिर्पोट र पूर्ण डोजको खोप लगाएको प्रमाण ल्याउनुपर्ने जनाएको हो ।

स्वास्थ्य सुरक्षालाई नै मध्यनजर गर्दै सरकारले त्रिभुवन विमानस्थलको हेल्प डेक्समा पाण्डेको नेतृत्वमा ४० जना जनशक्ति खटाएको छ । अहिले अध्यागमन हेल्प डेक्सको सुव्यवस्था मौजुदा जनशक्तिले भ्याइरहेको, तर दसैँ–तिहारमा हुने सम्भावित चापलाई धान्न नसके थप जनशक्ति माग गर्ने तयारी गरिएको पाण्डेले जानकारी दिए ।

सुरक्षा व्यवस्था कडा

दसैँ–तिहार तथा छठजस्ता ठुला चाडपर्वहरू मनाउन विदेशबाट ठुलो सङ्ख्यामा नेपालीहरू आउन थालेपछि अध्यागमन विभागले सुरक्षा व्यवस्था कडा पार्न थालेको छ । यात्रुको चाप, अध्यागमनको सुरक्षा र व्यवस्थाका लागि अध्यागमन तयार रहेको विभाग प्रवक्ता झंकनाथ ढकालले बताए ।

 

याे पनि हेर्नुस्
Loading...