साफ च्याम्पियनसिपका खेल नेपालमा प्रत्यक्ष प्रसारण नहुने (यस्तो छ कारण )

आजदेखि माल्दिभ्समा सुरू हुने साफ च्याम्पियनसिपका खेल नेपालमा प्रत्यक्ष प्रसारण नहुने भएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली समर्थकका लागि साफका खेल प्रत्यक्ष प्रसारण गर्न प्रयत्न गरे पनि सफल हुन नसकेको जनाएको छ।

एन्फाले गत असोज ८ गते प्रत्यक्ष प्रसारणका लागि प्रस्ताव पेश गर्नका लागि सार्वजनिक सूचना निकालेको थियो। एन्फाले प्रत्यक्ष प्रसारणको अधिकार किन्नका लागि न्यूनतम ४० लाख रुपैयाँ मूल्य तोकेको थियो।

प्राप्त भएका कुनै पनि प्रस्तावहरू तोकेको मापदण्डअनुसार नभएको एन्फाको भनाइ छ।

एन्फाले नेपाली टिमको खेल हेर्न पाइने आसामा रहेका समर्थकको असुविधाका लागि दुस्ख व्यक्त गरेको छ।

साफ च्याम्पियनसिपअन्तर्गत नेपालले आज पहिलो खेलमा आयोजक माल्दिभ्ससँग खेल्दैछ। खेल नेपाली समयअनुसार ९स्४५ बजे सुरू हुनेछ।

नेपाल र माल्दिभ्सबीच अहिलेसम्म १६ पटक भिडन्त भएको छ। जसमा नेपाल ४ खेलमा मात्र विजयी भएको छ। ४ खेलमा बराबरी खेलेको नेपाल ८ खेलमा पराजित भएको छ।

यसपटकको साफमा नेपालसहित भारत, बंगलादेश, श्रीलंका र आयोजक माल्दिभ्स गरी पाँच टिमबीच प्रतिस्पर्धा हुनेछ।

पाँच टिमले एक आपसमा खेलेपछि शीर्ष दुई टिमबीच उपाधि भिडन्त हुनेछ।

सन् १९९३ मा पाकिस्तानको लाहोरमा पहिलो संस्करणको साफ च्याम्पियनसिप भएको थियो। त्यसयता साफका १२ संस्करण सम्पन्न भइसकेका छन्।

१२ संस्करणमध्ये भारतले ७ पटक उपाधि जितेको छ। माल्दिभ्सले दुई पटक उपाधि जित्दा अफगानिस्तान, श्रीलंका र बंगलादेशले एक-एक उपाधि जितेका छन्।

सन् २००५ देखि साफ खेलेको आफगानिस्तानले २०१५ मा अन्तिम पटक साफ खेलेको थियो। अफगानिस्तानले मध्य एसिया फुटबल महासंघमा आबद्ध हुन साफ छाडेको थियो।

नेपाल, पाकिस्तान र भुटानले भने उपाधि जित्न सकेका छैनन्। तीनै टिम अहिलेसम्म साफको फाइनलमा समेत पुग्न सकेका छैनन्।

यसपटक नेपालले फाइनल पुग्ने लक्ष्यका साथ तयारी गरेको छ।

साफमा नेपालको खेल
नेपाल भर्सेस माल्दिभ्स – असोज १५ गते – राति ९ : ४५ बजे
नेपाल भर्सेस श्रीलंका – असोज १८ गते – राति ९ : ४५ बजे
नेपाल भर्सेस भारत – असोज २४ गते – राति ९ : ४५ बजे
नेपाल भर्सेस बंगलादेश – असोज २७ गते – अपरान्ह ४ : ४५ बजे

नेपाली टिम
गोलकिपर : किरणकुमार लिम्बु ९कप्तान०, दीप कार्की, विशाल श्रेष्ठ
डिफेन्डर : दिनेश राजवंशी, अनन्त तामाङ, गौतम श्रेष्ठ, सुमन अर्याल, रोहित चन्द
मिडफिल्डर : विशाल राई, सुनील बल, सुरज ज्यु ठकुरी, नितिन थापा, पुजन उपरकोटी, तेज तामाङ, सुजल श्रेष्ठ, सन्तोष तामाङ, आयुष घलान, कमल थापा
फरवार्ड : नवयुग श्रेष्ठ, मनिष डाँगी, अन्जन विष्ट, सुमन लामा, आसिस लामा

याे पनि हेर्नुस्
Loading...