२१ दिनभित्र म्याद तामेल नभए ४९ जनाको जग्गा सरकारी नाममा (सूचनासहित)

काठमाडौँ – बहुचर्चित बालुवाटारस्थित ललिता निवासको जग्गा आफ्नो नाममा गरेका ४९ जनाले २१ दिनभित्र म्याद तामेल नगरे सो जग्गा सरकारी नाममा नामसारी हुँने भएको छ ।

भूमिसुधार तथा मालपोत कार्यालय काठमाडौँले ४९ जनलाई म्याद तामेलका लागि २१ दिने हद म्याद दिएको सूचना प्रकाशित गरेको छ ।

४९ जनाको घर ठेगाना पत्ता नलागी म्याद तामेल हुन नसकेको भन्दै कार्यालय गोरखापत्रमा सूचना जारी गरेको हो ।

मालपोत कार्यालयले जग्गाधनीलाई सो जग्गा सरकारको नाममा ल्याउनु नपर्ने कारण भए २१ दिनभित्र कारण पेस गर्न भनेको छ । अन्यथा सो जग्गा सरकारको नाममा नामसारी हुने जनाइएको छ ।

विवादित जग्गामध्ये सबैभन्दा धेरै शोभाकान्त ढकालको नाममा छ । उनको र उनको परिवारको गरी २२ कित्तामा ३ हजार २ सय ७५ वर्गफिट जग्गा सरकारको नाममा हुनुपर्ने कार्यालयको दाबी छ ।

हेर्नुहोस् गोरखापत्रमा जारी सूचना

याे पनि हेर्नुस्
Loading...