यौन पेशाको लाइसेन्स माग्दै सुदूरपश्चिमको मुख्यमन्त्री कार्यालय अगाडी धर्ना

धनगढी – आइतबार केही महिला सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री कार्यालय अगाडी धर्ना बसेका देखिन्थे। उनीहरु बादी समुदायका महिला थिए।

बाँच्न पाउने अधिकार कुण्डित भएको भन्दै बादी समुदायले प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएका छन् । बादी समुदायको तर्फबाट प्रदेशसभा सदस्य उमा बादीले मुख्यमन्त्री त्रिलोचज भट्टलाई ज्ञापनपत्र बुझाएकी हुन् । उनले बादी समुदायको बाँच्न पाउने अधिकार सुनिश्चित हुनुपर्ने र विगतमा सरकारसंग भएका सम्झौता कार्यान्वयन हुनुपर्ने मागसहित ज्ञापनपत्र बुझाएको बताइन् । उनका अनुसार सरकारले २०६५ सालमा बादी समुदायका महिलालाई यौनशोषणमुक्त र पुनःस्थापनाको घोषणा गरेको थियो ।

‘बादी समुदायका महिलाले २०६४ भदौ १ देखि ४८ दिनसम्म अधिकारका लागि सिंहदरबार पश्चिमढोका अगाडि अर्धनग्न जुलुस निकालेर संघर्ष गरेपछि २०६५ पुस २३ गतेको मन्त्रिपरिषद्को बैठकले यौनशोषण मुक्त गर्नाका साथै पुनःस्थापना समेत गर्ने घोषणा गरेको थियो । तर अहिलेसम्म निर्णय कार्यान्वयन भएको छैन्,’ प्रदेशसभा सदस्य बादीले भनिन् ।

पुनःस्थापना नहुँदा अहिले पनि कतिपय बादी समुदायका महिलाले जीविकोपार्जनका लागि लुकीछिपी देह व्यापार गर्न बाध्य भएको उमा बादीले बताइन्।

यस्तै डोटीकी बसन्ती बादीले पनि आफ्ना लागि सरकार नभएको गुनासो गरेकी छिन्। ‘सरकारलाई राजश्व तिर्न तयार छौ। यौन पेशाको विकल्प नभए लाइसेन्स दिएरै स्विकृति दिनुपर्छ,’ उनले भनिन्।

ज्ञापनपत्र बुझ्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सरकारले गर्नसक्ने माग पुरा गर्ने प्रतिवद्धता जनाएका छन्।

याे पनि हेर्नुस्
Loading...