भीम रावलले लिए राजीनामा फिर्ता

८ साउन, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधिसभा सदस्यबाट दिएको राजीनामा फिर्ता लिएका छन् । उपाध्यक्ष रावलले शुक्रबार सिंहदरवारस्थित सभामुख अग्नीप्रसाद सापकोटाको कार्यकक्ष पुगेर राजीनामा फिर्ता लिएका हुन् । रावलसंगै राजीनामा फिर्ता लिन सांसदहरु झपट रावल, शेरबहादुर कुवर, प्रदेश सभा सांसदहरु तारा लामा, प्रकाश शाह,अमर सावदलगायत एक दर्जन नेताहरु संसद सचिवालय पुगेका थिए ।

साउन ३ गते प्रधानमन्त्री देउवालाई विश्वासको मत दिनुअगाडि रावलले संसद भवनमै राजीनामा घोषणा गरेका थिए । उनको राजीनामा रोक्न एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल दुवै सक्रिय थिए ।

ad

नेता रावल एमालेलाई एकतावद्ध बनाउने अभियानमा लागेका थिए । पुर्व गृहमन्त्री समेत रहेका नेता रावलले वरिष्ठ नेता नेपाललाई आफुलाई कार्यदलमा नराख्न आग्रह गर्दा गर्दै नै राखेको र १० बुँदे सहमती पनि उनकै सहमती गरेको भएपनि पछि कांग्रेस सभापति देउवालाई विश्वासको मत दिने निर्णय एकलौटी गरेको भन्दै नेपालसंग असन्तुष्ट थिए ।

नेता र रावलबीच बिहिवार उनकै निवासमा लामो छलफल भएको थियो । दुवै नेताको छलफलपछि उनि राजीनामा फिर्ता लिन तयार भएका थिए । रावललाई राजीनामा फिर्ता लिन सुदूरपश्चिमका सांसदहरु र नेताहरुले समेत दबाब दिएका थिए ।

याे पनि हेर्नुस्
Loading...