मेरो लागि पक्ष र विपक्ष दुवै जसपा होः रेशम चौधरी

११ साउन, काठमाडौं । जसपाका निलम्बित सांसद रेशम चौधरीले जसपा आफ्नो लागि पक्ष र विपक्ष दुवै भएको बताएका छन्। उनले सञ्चारकर्मीहरुसँग कुरा गर्दै यस्तो बताएका हुन् । जसपा को आन्तरिक विवादमा रेशम चौधरी तटस्थ बस्ने भएका छन् । हस्ताक्षर सनाखत गर्न डिल्लीबजार कारागारबाट निर्वाचन आयोग पुगेका चौधरीले आफु तटस्थ बस्ने निर्णय गरेको बताएका हुन् ।

news center of article

उनलाई सोमबार दिउँसो निर्वाचन आयोग पुर्‍याइएको हो। यसअघि उनको हस्ताक्षर जेलबाटै सनाखत गर्ने तयारी थियो। आयोगले पनि जेलमै गराउन पत्र पठाएको थियो।

याे पनि हेर्नुस्
Loading...