कैलालीमा निषेधाज्ञा साउन २१ गतेसम्म थपियो (आदेशसहित)

११ साउन, धनगढी । कैलालीमा जारी निषेधाज्ञा फेरि लम्बाइएको छ। निषेधाज्ञालाई थप खुकुलो पार्दै साउन २१ गतेसम्मलाई निरन्तरता दिएको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालद्धाारा जारी आदेशमा उल्लेख छ।

निषेधाज्ञा थप गरेर पूर्व निर्धारित परीक्षा संचालन गर्दा एक कोठामा २५ जनालाई मात्र राख्न पाउने, गोष्ठी, तालिम, सेमिनार, बैठक संचालन गर्दा बढीमा २५ जना राख्न पाउने जारी आदेशमा उल्लेख छ।

ad

यस्तै व्यापार व्यवसाय र सार्वजनिक सवारी साधन भने यथावत रुपमा संचालन हुनेछन्।कोभिड संक्रमणको जोखिम कायमै रहेको र जिल्लामा संक्रमण रोक्न निशेधाज्ञा थप गरिएको बताईएको छ।

याे पनि हेर्नुस्
Loading...