विद्युत प्राधिकरणमा फेरी कुलमान, प्रधानमन्त्री देउवाले दिए यस्तो निर्देशन

१९ श्रावण, काठमाडौं । कुलमान घिसिङ फेरी नेपाल विद्युत प्राधिकरणमा आउने भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक बनाउने प्रक्रिया थाल्न निर्देशन दिएका छन्।

मंगलबार उर्जा मन्त्री पम्फा भुसाललाई बालुवाटारमा बोलाएर प्रधानमन्त्री देउवाले प्राधिकरणका पूर्वकार्यकारी निर्देशक घिसिङलाई नियुक्त गर्ने प्रक्रिया सुरू गर्न निर्देशन दिएको स्रोत बताउँछन् ।

news center of article

प्रधानमन्त्रीको निर्देशनपछि उर्जामन्त्री भुसालले प्राधिकरणका अहिलेका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई बोलाएर राजीनामा दिन भनेकी छन्।

याे पनि हेर्नुस्
Loading...