नेसनल प्रोफेसनल एचिभ्मेन्ट अवार्डद्वारा इम्प्रेसन ए क्रिएटिभका सञ्चालक ढुङ्गेल सम्मानित

काठमाडौँ / विगत १३ वर्षदेखि विज्ञापन व्यवसायका क्षेत्रमा काम गर्दै आएको इम्प्रेसन ए क्रिएटिभका सन्चालक राजु ढुङ्गेल सम्मानित भएका छन् ।

उनी संविधान दिवस २०७८ को अवसर पारेर सिजन मिडियाले प्रदान गरेको नेसनल प्रोफेसनल एचिभ्मेन्ट अवार्डद्वारा सम्मानित भएका हुन् ।

सिजन मिडियाले नेपालका विविध क्षेत्रमा विशेष योगदान गर्ने व्यक्तित्वहरूलाई सो अवार्ड प्रदान गरेको हो ।

लामो समयदेखि विज्ञापन व्यवसाय मार्फत विज्ञापन बजारमा उनले पुर्याएका भएको योगदानको कदर स्वोरुप उनलाई लाजिम्पाटस्थित होटल र्याडिसनमा आयोजित एक कार्यक्रमका बिच राष्ट्रियसभाका अध्यक्ष गणेशप्रशाद तिमिल्सिनाले डिजिटल एड्भरटाइजिङ एक्स्पर्ट अवार्डद्वारा सम्मान प्रदान गरेका थिए ।

लगभग साढे दुई दशक अघि आफ्नो उच्च शिक्षाका निम्ति सिन्धुलीबाट काठमाडौँ सम्मको यात्रा तय गरेका ढुङ्गेलले जीवनमा थुप्रै संघर्ष पार गरेका छन् ।

ढुङ्गेलले अहिले नेपालका थुप्रै नम्बर १ कोर्पोरेट कम्पनीहरूसँग आबद्ध भइ काम गर्दै आएका छन् ।

दृढ इच्छाशक्ति र जस्तो सुकै चुनौतीसँग लड्न आफू तयार रहेको बताउने ढुङ्गेलले सो अवसरमा भने, “आफु विज्ञापन क्षेत्रमा खुसी भएपनि सफल भएको छैन ।” उनले अगाडि भने “यो मार्केटलाई मैले अझै धेरै नया कुरा दिन सक्छु ।”

सिजन मिडियाले ढुंगेल सहित देशभरबाट ३० जनालाई नेसनल प्रोफेसनल एचिभमेन्ट अवार्ड प्रदान गरेको छ ।

याे पनि हेर्नुस्
Loading...