ओलीको पालामा नियुक्त भएका सबै राजदूत सरकारले फिर्ता बोलाउने (नामवालि सहित)

केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका राजदूतहरुले फिर्ता हुने भएका छन् । आज बसेको मन्त्रिपरिषद् बैठकले ओलीको पालामा नियुक्त भएका राजदूतहरुलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक रुपमा नियुक्त भएका सबै राजदूतहरु फिर्ता बोलाउने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।

यस्ताे छ सूची

महेन्द्रबहादुर पाण्डेय (चीन)

डा. वंशीधर मिश्र (बंगलादेश)

नारदमुनि भारद्धाज (कतार)

युवराज खतिवडा (अमेरिका)

अञ्जान शाक्य (इजरायल)

उदयराज पाण्डे (मलेसिया)

दावाफूटी शेर्पा (स्पेन)

डा. निर्मलकुमार विश्वकर्मा (दक्षिण अफ्रिका)

नीलाम्बर आचार्य (भारत)

लोकदर्शन रेग्मी (बेलायत)

याे पनि हेर्नुस्
Loading...