दशैंका लागि उपत्यका छाड्ने क्रम सुरु, कहाँ जान कति लाग्छ भाडा ? (सूचीसहित)

९ असाेज, काठमाडौं । चाडबाड मनाउनका लागि काठमाडौं उपत्यका छाड्नेहरुको संख्या बढ्दै गएको छ । उपत्यकामा अध्ययन, व्यापार वा अन्य पेशा व्यवसायमा रहेका व्यक्तिहरु गाउँ फर्किन थालेका हुन् । मध्यदशैंमा जाँदा भीडभाड हुने र कोरोना संक्रमणको डरका कारण पनि अहिलेदेखि नै शहरबाट गाउँ फर्कन थालेका हुन्।

यातायात व्यवस्था विभागले सोमबारदेखि लामो दूरी चल्ने सवारीसाधनको अग्रिम टिकट बुकिङ खुलाउने निर्णय गरिसकेको छ।

बिहीबार विभाग, यातायात व्यवसायी, ट्राफिक प्रहरी, उपभोक्ता अधिकारकर्मी लगायतको छलफलपछि अग्रिम टिकट खुल्ने भएको हो। सरकारले गत असार २९ गते सार्वजनिक सवारीको भाडा समायोजन गरेको थियो। दशैंमा २५ लाख नागरिकले काठमाडौं छोड्ने गरेका थिए।

यस्तो छ भाडादर

याे पनि हेर्नुस्
Loading...