संसद चलिरहेको छैन, निर्वाचन आवश्यक छ : ओली

१२ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा जानुपर्नेमा जोड दिएका छन् ।

मंगलबार प्रमुख सञ्चारमाध्यमहरुसँगको छलफलमा प्रमुख विपक्षीका नेता ओलीले भने, ‘प्रतिनिधिसभा संसद चलिएको छैन । ताजा जनादेश आवश्यक छ । म अहिले पनि भन्छु, निर्वाचन आवश्यक छ ।’

सरकार गठन भएको साढे २ महिनासम्म मन्त्रिपरिषद् विस्तार गर्न नसकेको र देश अकर्मन्य अवस्थामा रहेको भन्दै ओलीले ताजा जनादेशमा जानुपर्ने बताए । ओलीले अघि भने, ‘देशको बहुमूल्य समय बर्बाद गरेर बस्नु हुँदैन । ताजा जनादेशमा गएर देशलाई गतिशील बनाउनुपर्छ ।’

ओलीले भने, ‘उहाँहरुले नै गराए हुन्छ । गठबन्धन छँदैछ, मिलेर चुनाव लड्छौं भनेकै छन् ।’

याे पनि हेर्नुस्
Loading...